चितवन: जिल्लामा होम आईसोलेसनमा वसेकी एक जना कोरोना सङ्क्रमित वृद्धाको आज विहान मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ५ की ८५ वर्षिया वृद्धा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङ्ले जानकारी दिनुभयो । उनको आज विहान ६ वजे मृत्यु भएको हो ।
दिर्ग रोग भएकी उनको भदौ ११ गते नमुना सङ्कलन गरिएको थियो । भदौ १५ गते कोरोना सङ्क्रमण पुष्टि भए पछि आईसोलेसनमा बसिरहेकोमा आज मृत्यु भएको हो । यस अघि खैरहनी नगरपालिकामा १ सय ८ वर्षिया वृद्धाको घरमानै मृत्यु भए पछि कोरोना पुष्टि भएको थियो ।
यस संगै जिल्लाका कोरोना सङ्क्रमण बाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । बाहिरी जिल्लाका सहित यहाँ उपचारका क्रममा मृत्यु हुनेको संख्या भने २७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !