सुनसरीः धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

इनरुवा अस्पतालबाट रिफर गरिएका रामधुनी नगरपालिका ५ झुम्काका ४३ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनुभयो ।

१० दिन देखि ज्वरो तथा दुईदिन देखि खोकी र श्वासप्रश्वासमा समस्या देखिएका ती पुरुषलाई अन्य कुनै दीर्घरोग भने नरहेको डा. सापकोटाले जानकारी दिनुभयो । उनी एक बर्षदेखि झुम्का कारागारमा कैदीको रुपमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस !