चितवनः भरतपुर अस्पतालमा मृत्यु भएका तीन जना मध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण हुनेमा रत्ननगर नगरपालिकाका वडा नम्बर २ का ४६ बर्षीय पुरुष रहेका छन् । अस्पतालको आकस्मीक कक्षमा आईपुग्दा बिहिबार राती १०ः३५ वजे उनको मृत्यु भएको थियो । ।

मृत्यु पछि गरिएको नमुना परिक्षणका क्रममा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । अन्य दुई जनाको कोरोना सङ्क्रमणको नतिजा नेगेटिभ आएको छ ।

अस्पतालका अनुसार बिहीबार र शुक्रबार गरी तीन जनाको मृत्यु भएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार शुक्रबार विहान मृत्यु भएकी राप्ती नगरपालिका वडा नम्बर ४ की १८ वर्षीया किशोरीको नतिजा नेगेटिभ आएको छ । उपचारका लागि अस्पताल आईपुग्दा उनको मृत्यु भएको थियो ।

बिहीबार दिउँसो २ः४० वजे सघन उपचार कक्षमा खैैरहनी नगरपालिकाकी २२ वर्षीया युवतीको उपचारको क्रममा मृत्यु भएको पौडेलले बताउनुभयो । उनको पनि नतिजा नेगेटिभ आएको छ ।

उनीहरु तीनै जनालाई ज्वरो, खोकी सहित श्वासप्रश्वासमा समस्या देखिएको थियो । कोरोना संग मिल्दो जुल्दो लक्ष्यण देखिए पछि स्वाब परीक्षणका लागि पठाईएको थियो ।

यसअघि भदौ १४ गते अस्पतालको आकस्मिक कक्षमा तीन जनाको एकैदिन उपचारकै क्रममा मृत्यु भएको थियो । उनीहरुको कोरोना परीक्षण गर्दा तीनै जनाको नतिजा पोजेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस !