काठमाडौंः बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ वृद्धि भएको छ । बुधबार ९६ हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९६ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार ९५ हजार ९ सय निर्धारण गरिएको तेजावी सुनको मूल्य आज प्रतितोला ९६ हजार ३ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार प्रतितोला १ हजार ३ सय १५ मा कारोबार भएको चाँदी आज १ हजार ३ सय ३५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस !