चितवनः जिल्लाका १४ जना सहित थप २२ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका १४ र ८ जना अन्य जिल्लाका रहेका छन् ।

संक्रमित मध्ये भरतपुर महानगरपालिकाका १३ जना र रत्ननगर नगरपालिका–१ की ५४ वर्षीया महिला रहेकी छन् ।

यस्तै पूर्व नवलपरासी गैंडाकोट नगरपालिकाका चार जना र कावासोती नगरपालिकाका एक जना, नवलपरासी पश्चिम बर्दघाटका एक जना, मकवानपुर र बाराका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस !