
वीर अस्पताल अब कोभिड अस्पताल बनाईएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागरेश्वर गौतमले वीर अस्पताललाई कोभिड अस्पताल बनाइएको जानकारी दिनुभयो दिनुभयो ।
अबदेखि वीर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको उपचार गरिनेछ । सो अस्पतालमा हुँदै आएको अन्य रोगका बिरामीको उपचार अब राष्ट्रिय ट्रमा सेन्टरबाट हुने उहाँले बताउनुभयो ।