चितवनः पूर्वी चितवनको रत्ननगरमा रहेको बकुलहर रत्ननगर अस्पतालमा १५ दिन भित्रमा पिसिआर मेसिन जडान गरिने भएको छ । बागमती प्रदेश सरकारका सामाजिक बिकास मन्त्री युवराज दुलालले रत्ननगर सहित पाँच ठाउँका अस्पतालमा पिसिआर मेसिन जडान गरिने वताउनुभयो ।

मन्त्री दुलालले सिन्धुली, भक्तपुर, नुवाकोट, हेटौडामा पनि पिसिआर मेसिन जडान एबं थप गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले चारवटा खरिदका लागि प्रकृया अघि वढाइसकेका छौ । एउटा संघिय सरकारले दिदैछ ।”

पिसीआर जडान गरिने अस्पतालमा संरचना निर्माण र कर्मचारी व्यवस्थापनको काम भैरहेको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले पिसीआर मेसिन जडान हुने रत्ननगर बकुलहर अस्पतलामा संरचना निर्माण र सञ्चालनका लागि पनि वजेट विनियोजन गरेको जनाएको छ । यस्तै भरतपुर महानगरपालिकालाई उपकरण खरिद र आइसोलेसन सञ्चालनका लागि सहयोग गर्न लागिएको मन्त्री दुलालको भनाई छ ।

पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाले रत्ननगर बकुलहर अस्पतालमा पिसिआर मेसिन जडानको लागि प्रदेश सरकारसंग अनुरोध गरेका थिए । स्वाब परिक्षणको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाबाट नतिजा आउन एक साता भन्दा वढी समय लागेपछि त्यहाँ पिसिआर प्रयोगशाला सञ्चालन गर्न स्थानिय तह जुटेका हुन् ।

रत्ननगर अस्पताल प्रदेश सरकारको मातहतमा छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगालेले पिसीआर मेसिन आउने भए पछि ठाउँ र कर्मचारीको व्यवस्थापन अघि वढाईएको बताउनुभयो । उहाँले भन्नुभयो “यस अस्पताल प्रदेश सरकार मातहत भएकाले प्रदेशको निर्देशन अनुसार अब काम अघि वढाउँछौ ।” पिसीआर मेसिन जडान भए संगै कोरोना रोग नियन्त्रण, रोकथाम र उपचारमा सहयोग हुने राप्ती नगरपालिका प्रमुख प्रभा वरालले जानकारी दिनुभयो । उहाँका अनुसार त्यहाँका चारवटा नगरपालिकाले सामुहीक रुपमा आइसोलेसन समेत संञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !