चितवनः यस क्षेत्रको कोरोना उपचारको नेतृत्व गरिरहेको भरतपुर अस्पतालले कोरोना उपचार थप प्रभावकारी वनाउने भएको छ । ६ वटा भेन्टिलेटर सहितको सघन उपचार कक्ष रहेकोमा भेन्टिलेटर संख्या मात्र १६ पु¥याएर उपचार प्रभावकारी वनाउन लागेको हो ।

हाल अस्पतालको कोभिड सघन उपचार कक्षमा २ वटा र साधारण सघन उपचार कक्षमा चारवटा भेन्टिलेटर भएकोमा शनिबार मात्रै ३ वटा भेन्टिलेटर थप गरिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार दातृनिकायवाट प्राप्त ३ वटा भेन्टिलेटर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाए पछि जडान गरिएको छ ।

कोभिड सघन उपचार कक्ष १० शैयाबाट १६ पु¥याईने भएको छ । तीनवटा भेन्टिलेटर साधारण सघन उपचार कक्षमा जडान गरिएको छ । कोभिडवाट साधारणमा लैजान नमिल्ने भएकाले साधारणमा जडान गरेर तयारी हालतमा राखिएको हो । थप पाँचवटा भेन्टिलेटरका लागि शुक्रबार बोलपत्र आव्हान गरिएको छ ।

यस संगै विरामीलाई धेरै अक्सिजन दिन सक्ने ३ वटा अपकरण पनि खरिद गर्न लागिएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयले सो प्रयोजनका लागि रु ३ करोड वजेट पठाएको छ । अस्पतालमा बिग्रीएर वसेका २ वटा भेन्टिलेटर पनि मर्मत गरिदै छ । तिवारीले भन्नुभयो “हामी महाविर पुनको स्वास्थ्य आविस्कार केन्द्रमा बिग्रीएका दुई भेन्टिलेटर पनि पठाउँदै छौ ।” ती वन्दै गर्दा अस्पतालमा १६ वटा भेन्टिलेटर हुने छन् । तिवारीले कोभिड उपचारका लागि डिजिटल एक्सरे जडान गरिने बताउनुभयो । उहाँले भन्नुभयो “एक्सरे आई सकेको छ हामी आज भोलिमानै जडान गछौं ।” अस्पतालले १६ शैयाको कोभिड सघन उपचार कक्ष मध्ये ६ वटामा शंङ्कास्पद र १० वटामा प्रमाणीत भएकाहरुलाई राख्नका लागि छुट्टा छुट्टै व्यवस्था मिलाएको छ ।

अस्पतालमा सङ्क्रमित राख्नका लागि आइसोलेसन शैया थप गरिएको छ । अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार अस्पतालले १ सय आइसोलेसन शैया थप गरेको हो ।

 

यस अघि अस्पतालमा १० शैयाको कोभिड सघन उपचार कक्ष सहित ७५ शैयाको आइसोलेसन सञ्चालनमा रहेको थियो । कोरोना संक्रमितलाई उपचारमा सहजताका लागि आइसोलेसनको शैया थप गरिएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय अस्पतालमा आएका सङ्क्रमितले उपचारका लागि शैया नपाउने समस्या वढेपछि अस्पतालमा ६ शैयाको सघन उपचार कक्ष सहितको १ सय ७५ शैया आइसोलेसन पु¥याईएको हो ।

उहाँका अनुसार थप भएका आइसोलेसन शैयामा साधारण सङ्क्रमितका लागि ३५, सङ्क्रमित कर्मचारी तथा चिकित्सकका लागि २४, परीक्षणका क्रममा शंकास्पद देखिएकालाई ३५ रहने गरि आइसोलेसन थप गरिएको हो । कर्मचारीलाई निर्माणाधिन कुरुवा घरमा क्वारेन्टिनको व्यवस्थापन मिलाइदै छ । यसमा ४८ शैया हुनेछ ।

अस्पतालले कोरोना सङ्क्रमण भएकाको शल्यक्रियाका लागि छुट्टै कक्ष सञ्चालनमा ल्याएको अधिकारीले जानकारी दिनुभयो । सङक्रमित महिलाबाट जन्मेका बच्चा राख्न छुट्टै वाल सघन उपचार कक्षको व्यवस्था मिलाइएको छ । निषेधाज्ञा खुलेमा बिरामीको चापलाई मध्यनजर गर्दै आलोपाले प्रणालीमा बहिरंग (ओपिडी) सेवा सञ्चालन गर्ने योजना समेत बनाइएको छ । गम्भिर प्रकृतिका सङ्क्रमितलाई प्लाज्मा थेरापि बिधिबाट उपचार गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार सङ्क्रमण मुक्त भएकाहरुबाट रक्तदान गर्ने कार्य अस्पतालकै पहलमा भई सकेको छ ।

अस्पतालले एकिकृत आकस्मिक सेवालाई निरन्तरता दिदै आइरहेको छ । यस अघि आकस्मिक कक्षमा आएका बिरामी र पुराना बिरामी एकै ठाउँमा हुने अवस्था हटाउन आकस्मिक कक्षमा छुट्टै ४ शैया तयार पारिएको छ । ती शैयामा सम्भावित सङ्क्रमणका बिरामी राखेर उपचार गरिने छ । संक्रमणकै कारण उपचार पाइएन भन्ने गुनासो अब हट्ने अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सहजरुपमा सबै बिरामीले उपचार दिन भरतपुर अस्पताल सधै तत्पर छ ।”

अस्पतालकका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हाल सम्म अस्पतालले २ सय ४७ जना सङ्क्रमितको उपचार गरेको छ । जस मध्ये ७४ जना अहिले पनि अस्पतालमा उपचाररत रहेको उहाँले जनाकारी दिनुभयो । सङ्क्रमित मध्ये ९ जनाको अस्पतालमा मृत्यु भएको छ । १४ जिल्लाका सङ्क्रमितलाई अस्पतालले उपचार गरेको तथ्याङ्क छ । भरतपुर अस्पतालले कोभिड प्रयोगशाला पनि सञ्चालन गर्दै आएको छ । जसले हाल सम्म २१ हजार भन्दा वढि नमुना परिक्षण गरि सकेको छ । चितवन सहित बिभिन्न जिल्लाबाट पठाईएका नमुना प्रयोगशालामा परिक्षण हुदै आएको पौडेलले जानकारी दिनुभयो ।

गत महिना सम्म जिल्लामा कोरोनाको उपचार भरतपुर अस्पतालले मात्र गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस !