काठमाडौंः कोरोना भाईरसको संक्रमण २४ घण्टाको अवधिमा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड– १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ४९ महिला र ६ सय ९२ जना पुरुष गरी कुल १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिनुभयो ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ४५ हजार नाघेको छ । आजसम्म ४५ हजार २ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये १७ हजार ८ सय ७० सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ९ हजार ८ सय ६६ जना छन् भने ८ हजार ४ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !