बुटवलः प्युठान घर भई बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्युु भएको छ ।

मृत्यु हुनेमा प्युठानको स्वर्गद्वारी नगरपालिका– ७ का ५८ वर्षीय पुरुष रहेका छन् । १० भदौदेखि अस्पतालको सघन उपचार कक्ष आइसीयूमा उपचाररत भएका पुरुष १० भदौमा निमोनिया र लिभरमा गम्भीर समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।

निमोनिया र लिभरमा गम्भीर समस्या देखिएपछि उनलाई १० गतेदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिएको अबस्थामा उनको मृत्युु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !