सुनसरीः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान थप १ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
सिराहको मिर्चैया– ३ का ६५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार विराटनगरस्थित विराट मेडिकल कलेजमा ९ भदौमा कोरोना पोजिटिभ देखिएपछि १० भदौमा धरान रेफर भई प्रतिष्ठान लगिएका पुरुषको राति ८ः४५ बजे मृत्यु भएको हो ।