काठमाडौंः वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजालको दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीसहित पत्‍नी डा. सरला घिमिरेलाई कोरोना पुष्टि भएको हो ।

दुवैलाई संक्रमण पुष्टि भएपछि उपचारका लागि धुम्बाराहीस्थित ह्‍याम्स अस्पतालमा भर्ना भएका छन् । शनिबार कोरोना पुष्टि भएपछि आइतबारदेखि ह्याम्स अस्पतालमा भर्ना भएको डा. रिजालले बताउनुभयो ।

“म र मेरो श्रीमती दुवैलाई शनिबार कोरोना पुष्टि भएको हो । हामी आइतबारदेखि अस्पतालमा भर्ना भएका छौँ” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस !