चितवन – चितवनका थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना पुष्टि भएको हो ।
भरतपुर अस्पतालका अनुसार २०१ जनाको स्वाब परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट संकलन गरी पठाइएको मध्य २३,२४,३०,९,१७,२१,६४ र ४३ बर्षीय पुरुष र ३९,११ र ३४ बर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।