
काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा १२ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी २६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ८ सय २२ पुगेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ७ सय १७ पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमित १७ हजार ५ सय १८ रहेकाे छ । हाल देशभर क्वारेन्टिनमा ७ हजार ७ सय ९७ जना रहेका छन्।