काठमाडौः नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार नाघेको छ । आज थप भएका ६ सय ३४ संक्रमित संगै नेपालमा कोरोना संक्रमितको ३१ हजार १ सय १७ पुगेको छ । शुक्रबार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १८२ महिला र ४५२ गरी ६३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिनुभयो ।
३१ हजार मध्ये १२ हजार ६२१ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ८ हजार ७०५ संस्थागत आइसोलेसनमा छन् भने ३ हजार ९१६ जना होम आइसोलेसनमा छन् ।






