सप्तरीः लोडसेडिङको मौका छोपी ११ वर्षीया बालिकालाई बलात्कार गरिएको छ । सप्तरी प्रहरीले महदेवा गाउँपालिका–३ बथनाहाका ४५ वर्षीय रामसुन्दर सरदारलाई वलत्कारको आरोपमा बिहीबार उजूरी दर्ता गरेको छ ।
सामूहिक रूपमा टेलिभिजन हेरिरहेका बेला आरोपितले गत सोमबार राति ९ बजे बालिकाको मुख थुनी नियन्त्रणमा लिई टोलभन्दा करिब ४ सय मिटर टाढा लगेर बलात्कार गरेको आरोपमा उजुरी दर्ता भएको इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले जनाएको छ ।

पीडितकी आमाले दिएको उजुरीका आधारमा स्वास्थ्य परीक्षण र थप अनुसन्धानपछि दर्ता गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयले उजुरी दर्ता गरी आरोपितको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी तिलक भारतीले बताउनुभयो ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मंगलबार स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !