नवलपुरासीः नेपाली काँग्रेस नवलपरासीका उपसभापतिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उहाँको ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय सुवाशचन्द्र गिरी लाई गत साउन २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि उनी पाटन अस्पतालमा उपचार गराइरहनुभएका गिरीको आज बिहान उपचारका क्रममा मृत्यु भएको पाटन अस्पतालले जनाएको छ ।

बुटवलस्थित युनिभर्सल मेडिकल कलेजमा पित्तथैलीको शल्यक्रिया गराउनुभएका उहाँको शल्यक्रिया पछि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गराउदा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस !