
काठमाडौंः कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको हुनेको संख्या वढ्दो मात्रामा रहेको छ । पाटन अस्पतालमा उपचार गराइरहेका थप १ कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार अस्पतालमा उपचाररत ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
अस्पतालका अनुसार काठमाडौं घर भएका उनी २० साउनदेखि अस्पतालमा उपचार गराइरहेका थिए । योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या १ सय ५ पुगेको छ ।