चितवनः कोरोना संक्रमण जिल्लामा महामारीको रुपमा फैलिएको छ । एकै दिन २८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राती १२ बजेसम्म गरिएको गरिएको परीक्षणमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । एक जेना सर्लाही ठेगाना भए पनि उनी भरतपुर अस्पतालबाट स्वाब लिएकी व्यक्ति हुन् ।
प्रयोगशालाका प्रमुख डा. नितु अधिकारीका अनुसार संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना रहेका छन् । भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट गरिएको स्वब संकलनबाट भरतपुर महानगरपालिका वडा नं. ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका रहेका छन् । यस्तै महिलाहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् ।
यस्तै रत्ननगर नगरपालिका क्षेत्रका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टिनमा रहेका रत्ननगर नगरपालिका वडा नं. ५ र १२ का ३ पुरुष र एक महिला रहेका छन् । पुरुषहरु २५, ३२ र ३६ वर्ष उमेर समूहका हुन् भने महिला ३५ वर्षीया हुन् ।
त्यसैगरि खैरहनी नगरपालिका वडा नं. ८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना क्वारेन्टिनमा थिए । यस्तै भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएका सर्लाहीकी २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार कुल ४७४ नमुना परीक्षण गरिएकोमा ४४६ वटा नमूनाको नतिजा नेटेटिभ आएको छ ।