चितवनः सर्पले डसेर पश्चिम चितवनका दुई जना गम्भिर भएका छन् । घरबाट बारीमा जाने क्रममा आज साँझ उनीहरुलाई सर्पले डसेको थियो ।
आज साँझ ५ बजे सर्प डस्दा भरतपुर २६ खयरघारीकी पुष्पा रानामगर र भरतपुर १६ का बर्ष ९ का तेज सुनार रहेको चितवन प्रहरीले जनाएको छ ।
दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याईएको प्रहरीले जनाएको छ । उनीहरु दुबै जनाको अबस्था गम्भिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस !