विराटनगरः कोरोना भईरसको संक्रमण पछिल्ला दिनहरुमा वढ्दो क्रममा रहेको छ । प्रदेश नम्बर २ मा वढि मात्रामा कोरोना संक्रमण फैलिएको छ भने देश भर महामारीको रुप लिएको छ ।
विराटनगरमा थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार बिहान थप २५ जनामा पोजिटिभ देखिएको हो ।

पोजिटिभ देखिएकामध्ये १७ जना पुरुष हुन् । बाँकी भने महिला रहेका छन् । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार थपिएका संक्रमित ८ वर्षदेखि ६६ वर्ष उमेर समूहका छन् ।

महानगरपालिकाका अनुसार विराटनगर १ मा १ जना, ३ मा ५ जना, ५ मा २ जना, ६ मा ५ जना, ८ मा १ जना, ९ मा २ जना, ११ मा १ जना, १३ मा १ जना, १५ मा १ जना, १६ मा ३ जना र १७ मा २ जना संक्रमित थपिएका हुन् ।

योसँगै विराटनगरमा संक्रमितको संख्या ४ सय ६७ पुगेको छ । संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ भने ७६ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस !