बुटवलः नेपालमा कोरोनका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । दिनहुँ कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या वढ्न थालेको हो ।
यसै क्रममा बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत १ जनाको कोरोना संक्रमित को मृत्यु भएको छ । मृत्यु हुने कपिलवस्तुका हुन् ।
उनी २९ साउनमा उपचारका लागि आएका थिए । उनको फोक्सोमा समस्या देखिएको र आइसीयूमा राखेर उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो।
डा.गौतमका अनुसार ती बिरामीको पहिलोको रिपोर्ट नेगेटिभ आए पनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
पुनः गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट उनको नतिजा पोजिटिभ आएको अस्पतालले जनाएको छ ।