चितवनः जिल्लामा पहिलो पटक नीजि अस्पतालले कोरोना संक्रमित बिरामीको उपचार सुरु गरेको छ । भरतपुरमा रहेको पुष्पाञ्जली अस्पतालले पहिलोपटक कोरोना भएका बिरामीको उपचार सुरु गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ बिरामी उपचाररत रहेका छन् कोरोना संक्रमण भएमा त्यही उपचार गर्न दिएको निर्देशन यहाँको पुष्पाञ्जली अस्पतालले पालना गरेको छ । जिल्लामा कोरोना संक्रमितको उपचार थाल्ने नीजि क्षेत्रको पहिलो अस्पताल पुष्पाञ्जली भएको छ ।
रत्ननगर नगरपालिका वडा नम्बर ९ टिकौलीका ६१ वर्षिय पुरुषलाई स्वासप्रश्वासमा गम्भिर समस्या भई सो अस्पतालमा उपचार गराई रहेको अबस्थामा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका व्यवस्थापक सुजन अधिकारीका अनुसार साउन २७ गते उपचारका लागि आएका उनको सघन उपचार कक्षमा उपचारका क्रममा स्वाब परिक्षण गर्दा साउन ३० गते कोभिड १९ पोजेटिभ देखिएको थियो ।


अस्पतालका डा. सन्दीप पाण्डेका अनुसार निजको हाल सघन उपचार कक्षमानै स्थिर र गम्भिर अबस्थामा उपचार भईरहेको छ । मन्त्रालयको निर्देशन पछि जिल्ला प्रशासन र हव अस्पताल भरतपुर अस्पताल संग समन्वय गरि अस्पतालको सघन उपचार कक्षमानै राखेर उपचारलाई निरन्तरता दिईएको उहाँले बताउनुभयो । यसका लागि सघन कक्षको व्यवस्थापन, चिकित्सक लगाएत स्वास्थ्य कर्मीको क्वारेन्टिन र स्वास्थ्य सामाग्रीको व्यवस्थापन अस्पतालले गरि सकेको समेत उहाँले जानकारी दिनुभयो ।

सघन कक्ष भिन्न भवनमा रहेकाले सो लाई सिल गरि अर्को भवनबाट अन्य सेवा उच्च साबधानीका साथ निरन्तरता दिईएको अस्पतालले जनाएको छ । अस्पतालमा अन्य सेवा लिन आउने बिरामीका लागि कुनै जोखिम नरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । जिल्लामा अन्य अस्पतालमा कोरोना संक्रमण देखिएमा हव अस्पतालको रुपमा रहेको भरतपुर अस्पताल पठाईदै आएको थियो । जटिल बिरामीलाई हतारमा सार्दा दुई जनाको मृत्यु समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस !