काठमाडौंः त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका थप ८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।शुक्रबार ८ जना स्वास्थ्यकर्मीको कोरोना देखिएको हो ।
‘८ जनालाई पोजिटिभ देखिएको छ,’ अस्पतालका कोभिड टिमका संयोजक डा. सन्तकुमार दासले भन्नुभयो “कसकसलाई देखिएको हो, त्यो पुष्टि हुन बाँकी छ । भेरिफाइ गर्ने काम गर्दै छौँ ।”
योसँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमितको संख्या २२ पुगेको छ ।
यसअघि बुधबार टिचिङका ६ जना स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको थियो । अहिले अस्पतालको इमरजेन्सी विभाग बन्द छ ।