चितवनः भरतपुर अस्पतालमा कार्यरत एक नर्समा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भए पछि आकस्मिक सेवा अनिश्चितकालिन वन्द गरिएको छ । अस्पतालद्धारा आज राति जारि सूचनामा आज राति ८ वजे देखि अर्को सूचना जारी नभए सम्मका लागि आकस्मिक सेवा वन्द गरिएको हो ।
अस्पताल प्रशासन द्धारा जारी बिज्ञप्तिमा भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आज गरिएको परीक्षणमा भरतपुरकी २५ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ ।

अस्पतालको इमर्जेन्सी कक्षमा कार्यरत ती नर्समा संक्रमण देखिएको हो । अस्पतालमै कार्यरत नर्समा संक्रमण देखिएपछि अहिले इमर्जेन्सी कक्ष सिल गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “इमर्जेन्सीमा कार्यरत नर्समा संक्रमण देखिएकोले त्यहाँ रहेका बिरामीलाई अन्यत्र सारीएको छ ।”
आज चितवनमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनेमा सबै भरतपुर अस्पतालमा स्वाब दिएर घर फर्किएका व्यक्तिहरु हुन् ।

प्रतिक्रिया दिनुहोस !