चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

चितवन: चितवनमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा आज गरिएको परीक्षणमा चितवनका थप १२ सहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर २, ४, ७, १० का क्रमश : २३, ३०, २९, २० ३२, ३५, २३, २८ पुरुष र २५ बर्षिया एक महिला गरी ९ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै चितवनको राप्ती नगरपालिकाका वडा नम्बर ९ मा ३७ बर्षिया एक महिला रत्ननगर नगरपलिका वडा नम्बर १३ कि ६३ बर्षिया महिला र खैरहनी नगरपालिका वडा नम्बर ८ का एक जना २३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि हो ।

यसै गरी नवलपुरका २८ बर्षिय पुरुष, सर्लाहीका ४५ बर्षिय पुरुष, मकवानपुरकी २२ बर्षिया महिला, तनहुँकी २२ बर्षिया महिला पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।