चितवनमा थपिए ७ नयाँ कोरोना संक्रमित

चितवन – चितवनमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा आज (बुधबार) गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित सातै जना पुरुष हुन् । प्रयोगशाला प्रमुख डा नितु अधिकारीका अनुसार भरतपुर महानगरपालिकाका एक र राप्ती नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको हो ।

रत्ननगर अस्पताल कार्यरत भरतपुर ७ का ३९ बर्षीय चिकित्सकमा कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ । यस्तै राप्ती ६ का ३४, ३१, २०, २१, ३४ र ३१ बर्षीय पुरुषहरुमा पनि कोरोना पुष्टि भएको छ । उनिहरु सबै नगरपालिकाको क्वारेन्टिनमा रहेका छन् ।