काठमाडौंः नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका २ जना, काठमाडौं, धादिङ सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक–एकजना रहेका छन् ।
मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१२ टेकु निवासी ७८ वर्षीया महिलाको साउन २८ गते १ः ५ बजे किष्ट मेडिलकल कलेज शिक्षण अस्तपालमा मृत्यु भएको छ ।
धादिङका ३२ वर्षीय पुरुषको साउन २७ गते ह्याम्स अस्पतालमा मृत्यु भएको छ ।धनुषाको जनपुर उपमहानगरपालिका–१ का ७१ वर्षीय पुरुषको साउन २८ गते ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको छ ।
धनषाकै जनकपुर उपमहानपालिका–८ का ३८ वर्षीया महिला साउन २८ गते १स्०५ बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तपतालमा मृत्यु भएको छ । सप्तरीको राजविराज –६ का ७२ वर्षीय पुरुषको साउन २७ गते राति मृत्यु भएको छ ।
मोरङ बुढीगंगा गाउँपालिकाका ५५ वर्षीय पुरुषको साउन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।
कपिलवस्तु कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ वर्षीय पुरुषको साउन २८ गते बुटवल कोभिड–१९ विशेष अस्पतालमा मृत्यु भएको छ ।बाराको कलैया उपमहानगरपालिकाका ७५ वर्षीय पुरुषको साउन २७ गते किष्ट डिलकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेमो संख्या ९१ पुगेको छ ।