चितवनः कोरोना संक्रमणको लामो समय सम्म कोरोनाको संक्रमण नदेखिएको जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा पहिलोपटक कोरोना संक्रमण देखिएको छ । मंगलबार राति भरतपुर कोभिड १९ प्रयोगशालाबाट आएको नतिजाका आधामार मौलाकालिका अस्पतालमा उपचार रत एक महिलामा कोरोना देखिए पछि ईच्छाकामना गाउँपालिकामा पनि कोरोना संक्रमण देखिएको हो ।
शून्य संक्रमितको रुपमा जिल्लाको एक मात्र स्थानीय तहको रुपमा चिनिएको इच्छाकामना पनि अब कोरोना संक्रमित क्षेत्रमा परेको छ । योसंगै चितवनका सात वटै स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ ।

इच्छाकामना गाउँपालिकाका एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकामा कोरोना संक्रमण खाता खुलेको हो । मौलाकालिका अस्पताल भरतपुरमा उपचाररत इच्छाकामना–५ की ७८ वर्षीया वृद्धमा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस !