डडेलधुराः डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।
घटनामा थप ३१ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको पूर्वीचौकी गाउँपालिका–१ का वडाध्यक्ष अंकबहादुर खड्काले जानकारी दिनुभयो ।
कैलालीबाट अछाम जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिनुभयो ।
बस सडकबाट ३० मिटर तल खसेको थियो । बस चालकले मापसे सेवन गरेको र बस चलाउँदा चलाउँदै निदाएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।