
चितवनः जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरु कोरोना नतिजा नेगेटिभ देखिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता सूर्य वहादुर थापाका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत चार जना, ट्राफिक प्रहरी कार्यालय चितवन १२ जना र थुनुवा १० जनाको कोरोना नतिजा नेगेटिभ आएको हो ।
मंगलबार गरिएको नमुना परिक्षणका क्रममा उनीहरुको नतिजा नेगेटिभ देखिएको हो ।