काठमाडौंः कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका थप एक ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
काठमाडौंको कलंकीका ती पुरुष १५ साउनमा ललितपुर जिल्ला स्वास्थ्य कार्यालय भर्ना भएका थिए ।
१९ गते स्वाब संकलन गरी परीक्षण गर्दा २१ साउनमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । ती पुरुषमा भाइरल ज्वरो, निमोनिया र मधुमेहको समस्या थियो ।