चितवनः जिल्ला प्रहरी कार्यालय चितवका दुई जना प्रहरी सहित आठ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत दुई जना प्रहरी, एक जना थुनुवा, एक जना शसस्त्र प्रहरी, एक जना बालक, एक महिला र एक पुरुषमा कोरोना देखिएको छ ।
कोरोना संक्रमण देखिनेमा ७ जना पुरुष र एक जना महिला हुन । भरतपुर अस्पतालमा उपचार रहत ३१ वर्षिय महिला, चितवन मेडीकल कलेजमा उपचाररत ३६ वर्षिय पुरुष, सुर्खेत घर भई सिमा सुरक्षा बल आँपटारीमा कार्यरत २२ वर्षिय प्रहरी पुरुष, नवलपुर गौंडाकोट १५ घर भएका ३६ वर्षिय पुरुष छन् । एक जना ६ वर्षिय वालक होम क्वारेन्टिनमा रहेका थिए । उनीका हजुवुवा र वुवा आमालाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।
कार्यालयले शुक्रबार ९ जनाको नमुना संकलन गरि परिक्षणका लागि पठाएको थियो । जस मध्ये अभद्र व्यवहारमा प्रहरीले नियन्त्रणमा लिएका एक जना पुरुष रहेको कार्यालयका प्रबक्ता सुर्य वहादुर थापाले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस !