चितवनः जिल्ला प्रहरी कार्यालय चितवनको थुनुवा कक्षमा रहेका एक जनामा कोरोना देखिएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा आज गरिएको परिक्षणमा एक जना थुनुवा सहित ८ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमण देखिनेमा ६ जना भरतपुर महानगरपालिकाका हुन भने दुई जना वाहिरबाट भरतपुरका अस्पतालमा उपचारका लागि आएका हुन । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १,४, १० र १५ नम्बर वडाका उनीहरु ६, २०, ३१, ३४, ३६ र ४८ वर्षका एक महिला र पाँच पुरुष हुन ।
संक्रमण देखिएका मध्ये ६ वर्षिय वालक यस अघि संक्रमण देखिएका एकै घरको तीनजनाको परिवारका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !