चितवनः भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणका क्रममा जिल्लाका दुई जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिनेमा भरतपुर महानगरपालिका वडा नम्बर १ का ४६ वर्षिय पुरुष र ३८ वर्षिय महिला रहेका छन् ।

केही दिन अघि भरतपुर महानगरपािलकामा ७९ वर्षिय पुरुषमा कोरोना देखिए पछि उनको परिवारको पनि स्वाब परिक्षण गरिएको थियो । परिक्षणका क्रममा उनका छोरा बुहारीमा संक्रमण देखिएको प्रयोगशाला प्रमुख नितु अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्य दुई जना चितवन मेडिकल कलेजमा उपचार गराई रहेकी बिरगञ्ज १० कि ४२ वर्षिय महिला र सर्लाही लालबन्दि घर भई विपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचाररत ७९ वर्षिय पुरुष्मा कोरोना पुष्टि भएको हो ।
प्रयोगशालामा आज १ सय ३१ जनाको नमुना संकलन गरि परिक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !