बिरगञ्जः नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ४२ जनामा कोरोना भाइरस (कोभिड१९)को संक्रमण पुष्टि भएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार बिहीबार राति गरिएको परीक्षणमा २२ महिला र १ सय २० जना पुरूषको रिपोर्ट पोजिटिभ आएको हो ।
नयाँ संक्रमितमध्ये ४३ जना जिल्ला प्रहरी कार्यालय पर्साका थुनुवा हुन् भने वीरगन्जका महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीको परिवारका थप ३ जना पनि छन् । यस्तै बारा र रौतहतका पनि छन् ।








