काठमाडौंः कोरोना भाइरसको संक्रमणबाट थप चारजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङका २ जना, सर्लाही, धनुषा र सप्तरीका एक–एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतका जानकारी दिनुभयो ।
उहाँका अनुसा मोरङका ४५ वर्षीय पुरुषको साउन २१ गते कोशी अस्पतालमा मृत्यु भएको र उनमा कोरोना परीक्षणबाट पोजेटिभ देखिएको हो । मोरङका एक ४५ वर्षीय अर्का पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी सर्लाही ६५ वर्षीया महिला साउन २१ गते काठमाडौंको बलम्बुमा मृत्यु भएको छ ।

धनुषाका ७२ वर्षीया महिलाको साउन १७ गते मृत्यु भएको र उनका पनि कोरोना देखिएको हो । उनको साउन १७ बिहान ३स् ४८ बजे उनको निधन भएको हो ।

सप्तरीमा ४२ वर्षीय पुरुषको साउन २१ गते राति निधन भएको छ । हालसम्म कुल कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !