काठमाडौंः कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत ६५ वर्षीया वृद्धा रहेकी छन् ।
अस्पतालका प्रवक्ता डा. प्रवीण नेपालका अनुसार स्थायी घर सर्लाही भएकी ६५ वर्षकी महिलाको बुधबार मृत्यु भएको हो । उनका अनुसार ती वृद्धा ज्वरो तथा निमोनियाँको लक्षण देखिएर साउन १६ गते स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा भर्ना भएकी थिइन् ।
तर, साउन १९ गते कोरोना पुष्टि भएपछि सोही दिन उनलाई बलम्बु रिफर गरिएको थियो । ती महिलाको भेन्टिलेटरमा उपचार भइरहेको थियो । योसँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।