काठमाडौंः मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ।
सिंहदरबारभित्र पनि कोरोना भाइरस संक्रमित फेला परेपछि सावधानी अपनाइएको हो। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सिंहदरबार प्रवेशमा कडाइ गर्ने निर्णय नभए पनि सावधानी भने अपनाइएको जानकारी दिनुभयो।
‘कडाइ गर्ने कुनै निर्णय मन्त्रालयबाट भएको छैन, उहाँले भन्नुभयो , “तर सावधानी अपनाउन भनिएको छ। मास्क नलगाई सिंहदरबारभित्र प्रवेश गर्न पाइँदैन।”
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले सिंहदरबार भित्रका प्रहरीमा पनि कोरोना देखिएकोले सावधानी अपनाइएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस !