चितवनः चितवन राष्ट्रिय निकुञ्जमा रहेको दिपेन्द्र गज हात्ती क्षयरोगका कारण मरेको छ । आज दिउँसो ५ः३० वजे सो हात्ती मरेको निकुञ्ज प्रशासनले जनाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार क्षयरोगका कारण हात्ती मरेको अनुमान गरिएको छ । ५२ वर्षको भाले हात्ती निकुञ्जको सौराहामा रहेको हात्ती सारमा रहेको थियो । विगत केही महिना देखि क्षयरोगका सहित अन्य रोगहरुका कारण ग्रसित भएको सो हात्तीको नमुना संकलन गरि आजै खाल्डो खनि गार्डीएको छ ।