काठमाडौंः पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा चार कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो ।

पर्सा श्रिपुर बस्‍ने ५६ वर्षका कोरोना संक्रमित पुरुषको मृत्य भएको छ । गत साउन ६ गते ती पुरुषमा कोरोना पुष्टि भएको थियो । मुटुको समस्या देखिएपछि ति पुरुष नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा आइसियुमा भर्ना भएका थिए । अस्तपालमा उपचारको क्रममा साउन १५ राति मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी पर्सा जिल्लाका विगंञ्ज वडानम्बर १६ बस्ने ३५ वर्षका पुरुषको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छ । ति पुरुषको साउन १५ गते गण्डक अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साउन १५ गते नै बिहान कोरोना पुष्टि भएको थियो तर ती पुरुषको सोही दिन बेलुका मृत्यु भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार ती पुरुषमा श्वासप्रश्वास समस्या देखिएपछि साउन ५ गते एक निजि क्लनिकमा उपचारका लागि गएका थिए ,उक्त क्लिनिकले कोरोनाको आशंकामा गण्डक कोभिड१९ अस्पताल रिफर गरेको थियो ।

त्यसैगरी पर्साका छपकैया बस्‍ने ६५ वर्षका पुरुषको साउन १५ गते विहान मृत्यु भएको थियो । उनको मृत्यु पश्चात साउन १५ गते नमुना संकलन गरेर परीक्षण गर्दा बेलुका आएको रिपोर्टमा कोरोना पुष्टि भएको हो ।

पर्सा जिल्ला वडा नम्बर ११ स्थायी घर भइ हाल ललितपुर थसिखेल बस्ने ६५ वर्षकी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार ती महिला ज्वरो खोकीको समस्या देखिएपछि स्टार अस्पतालमा भर्ना भएकी थिईन ।स्टार अस्पतालले ति महिलामा साउन ६ गते ति महिलामा कोरोना पुष्टि भएपछि पाटन अस्पताल रिफर गरेको थियो । तर ति महिलाको उपचारको क्रममा साउन १६ आजगते मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !