काठमाडौंः नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा आऐसीयूमा उपचारको क्रममा मोरङ सुनवसी ८ का ४५ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उनलाई ज्वरो र श्वाससप्रश्वासको समस्या देखिएपछि विराटनगरको कोभिड अस्पतालमा भर्ना भएकोमा थप उपचारका बीपी कोइरालाको स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

उनको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । उनका अनुसार ती पुरुषलाई साउन १४ गते कोरोना पुष्टि भएको हो भने मृत्यु पनि सोही दिनै भएको हो ।

त्यसैगरी पर्साका ७० वर्षका पुरुषको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ती पुरुषलाई मुटु र मधुमेहको समस्या देखिएपछि नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए । ती पुरुषमा गत मंगलबार कोरोना पुष्टि भएको थियो ।

यसैगरी पर्साकै ६८ वर्षका कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । उनको नेशनल मेडिकल कलेजमा उपचार क्रममा मृत्यु भएको मन्त्रालयले पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा.गौतमका अनुसार ती पुरुषको मृगौलाका बिरामी थिए । योसँगे नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस !