काठमाडौंः नेपाल प्रहरीको मुख्यालय नक्सालमै कोरोना संक्रमित प्रहरीको संख्या ४४ पुगेको छ । पछिल्लो चार दिनमा मात्रै ४४ जनामा कोरोना संक्रमण देखिएको हो ।
अधिकांश संक्रमित सवारी शाखाका प्रहरी छन् । संक्रमितमा असई १, हवल्दार ९, प्रहरी जवान ३२ र कार्यालय सहयोगी २ जना छन् ।
प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले स्वास्थ्य मन्त्रालय र प्रहरी अस्पतालको संयुक्त टोलीले जाँच र संक्रमितको सम्पर्कमा आएकोको ट्रेसिङ प्रक्रिया जारी राखेको बताउनुभयो। संक्रमित देखिएका सबै क्षेत्र खाली गरे औषधि छर्किने कामसमेत भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !