काठमाडौंः काठमाडौंको कृष्ण पाउरोटी चोक नजिकबाट हिजो बिहान बरामद भएको साढे १४ किलो नक्कली सुन र दुई पेस्तोल बरामद घटनाको अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी दीपक थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । समितिमा एसएसपी किरण वज्राचार्य, एसपी सोमेन्द्रसिंह राठौर, एसपी दुर्गा दाहाल र डीएसपी राजकुमार केसी छन् ।
कृष्ण पाउरोटी चोकमा जाँच गर्दै गरेको अवस्थामा हिजो ९मंगलबार० बा।६च ५५१९ नम्बरको स्कार्पियो प्रहरीले रोक्न खोज्दा रोकिएको थिएन ।
प्रहरीले पिछा गर्दा कमलादीस्थित नबिल बैङ्कअगाडि सेतो रङको कपडाको झोला फ्याँकी गाडी फरार भएको प्रहरीको दाबी छ । सोही झोलामा १५ किलो पहेंलो धातु र दुई थान पेस्तोल बरामद भएको थियो । परीक्षणका क्रममा आधा किलो धातु मात्रै सुन र अरु साढे १४ किलो चाँदी भएको खुलेको थियो ।
काठमाडौंजस्तो सुरक्षा घेरामा रहेको क्षेत्रबाट गाडी कसरी भाग्यो र नियन्त्रणमा आएन भन्नेबारे चौतर्फी चासो छ । सोही घटनाको अनुसन्धानका लागि समिति गठन भएको हो ।