चितवनः रत्ननगर नगरपालिका वडा नम्बर ३ तरकारी चोकमा सोमबार राती ट्रकले ठक्कर दिदाँ स्कुटर चालकको मृत्यु भएको छ । उपचारको क्रममा स्कुटर चालकको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारी अनुसार उपचारका क्रममा अन्दाजी ३१ वर्षिय पुरुषको पुरानो मेडिकल कलेजमा राती १०ः१० वजे मृत्यु भएको हो । पूर्ब पश्चिम राजमार्ग अन्तर्गत पूर्बबाट पश्चिम तर्फ आईरहेको ना ४ ख ४१५५ नम्बरको ट्रकले बिपरित दिशा तर्फ गईरहेको ना ४७ प ६१८९ नम्बरको स्कुटरलाई राती ९ः१५ वजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको टाँडी प्रहरीले जानकारी दिएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस !