चितवन – चितवनस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा आज (सोमबार) गरिएको परीक्षणमा थप १ जनामा कोरोना पुष्टि भएको हो ।

प्रयोगशालाका अनुसार संक्रमित पुर्व नवलपुर, गैंडाकोट १४ को क्वारेन्टाइनमा रहेका ४६ वर्षिय पुरुष हुन् । आज १६० जनाको परीक्षण गरिएकोमा १५९ जनाको रिपोर्ट भने नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !