काठमाडौंः झापामा कार्यरत १८ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण देखिएको छ । काँकडभिट्टा नाकामा कार्यरत उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
उनीहरु सबैलाई आइसोलेसनमा राखेर उपचार भइरहेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रवीण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित कुनै पनि प्रहरीमा लक्षण भने देखिएको थिएन ।