वीरगञ्जःकोरोना संक्रमणका कारण मृत्यु हेनको संख्या ४३ पुगेको छ । पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भए संगै ४३ पुगेको हो । गण्डक अस्पतालमा भर्ना भएका पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।

गत सोमबार सास फेर्न गाह्रो भएपछि उनलाई सुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । शंकास्पद विरामी भएको भन्दै उनलाई मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगियो र उनको सोही दिन साँझ मृत्यु भयो ।

उनको मृत्यु भइसकेपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस !