काठमाडौंः नोभेल कोरोना भाइरसका १५० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५० संक्रमित थपिएका हुन् ।

यस साताको पहिलो दिन आइतबार १५७ जनामा कोरोना संक्रमित थपिएका थिए भने ५८ जना डिस्चार्ज भएका थिए । सोमबार १८६ कोरोना संक्रमित थपिएका थिए भने १७३ जना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले बताउनुभयो ।
देशभर सक्रिय संक्रमितको पाँच हजार ४७७ रहेको छ ।

पाँच सय भन्दा सक्रिय संक्रमित रहेका तीन जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् । त्यसैगरी शून्य संक्रमित रहेका ७ जिल्लामा भोजपुर, पाँचथर, रसुवा, धनकुटा, मनाङ, मुस्ताङ, संखुवासभा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ६०९ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १२ हजार ४७७ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरबाट ६९ दशमलव ३४ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा २७ प्रयोगशालाबाट तीन हजार ९५३ जनाको जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरका २१ हजार ७०४ जना क्‍वारेन्टिनमा रहेका छन् ।
देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस !