चितवनः जिल्लामा स्क्रबटाईफसका कारण एक जनाको मृत्यु भएको छ । मुसाको जुम्राको टोकाईबाट लाग्ने यस रोगका कारण भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुराका ३२ वर्षिय पुरुषको मृत्यु भएको हो ।
अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलका अनुसार असार २९ गते उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । ज्वरो संगै स्वासप्रस्वास, मुटु र कलेजोमा समेत समस्या देखिएका उनको आज बिहान सघन उपचार कक्षमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । जिल्लाको एक मेडिकल कलेजमा उपचार गरिरहेका उनको खर्चको अभाव भए पछि भरतपुर अस्पताल ल्याईएको वताईएको छ ।
पौडेलका अनुसार मृत्युको कारणमा स्क्रबटाईफस लगाएत अन्य समस्या उल्लेख गरिएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार गत आर्थिक वर्षमा डेंगुबाट मृत्यु भएका तीन जना मध्ये एक जनामा स्क्रबटाईफस पनि देखिएको थियो । उहाँले मुसाको जुम्राले टोकेर देखिने रोग स्क्रबाटाईफस हुने गेको बताउनुभयो ।
मुसाबाट झारमा झर्ने र त्यसबाट मानिसमा टाँसिएर यसले टोक्छ। यो रोग लागेमा १०४ डिग्रि ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने, शरीरका विभिन्न अंग दुख्ने हुन्छ । मुख्य गरी मुसाको नियन्त्रण गर्ने, झारका काम गर्दा सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाब छ ।

प्रतिक्रिया दिनुहोस !